• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

इतिहासमा आज, माओ त्से तुङको अन्त्येष्टीमा १० लाखको सहभागिता



सन् १९४९ देखि चिनियाँ कम्युनिष्ट पार्टीका नेता र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्से तुङको अन्त्येष्टिको लागि सेप्टेम्बर १८, १९७६ दिन बेइजिङको ग्रेट हल अफ द पिपुलमा १० लाखभन्दा बढी मानिस भेला भएका थिए ।

सेप्टेम्बर ९, १९७६ मा ८२ वर्षको उमेरमा निधन भएका माओको जन्म डिसेम्बर २६, १८९३ मा मध्य चीनको हुनान प्रान्तको एक सामान्य किसान परिवारमा भएको थियो। शिक्षक हुन तालिम लिए पनि उनी सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीमा सामेल भएका थिए । दोस्रो विश्वयुद्धपछि राष्ट्रवादी पार्टीसँगको भिषण गृहयुद्धमा उनको दल विजयी भएको थियो । माओले जनवादी गणतन्त्र चीनको स्थापना गरे र त्यसको नेता बने।

उनको निधनमा आठ दिनभर राष्ट्रव्यापी शोक मनाइएको थियो । पार्टीको झण्डाले सजाइएको कफिनमा माओको पार्थिव शरीरलाई राखेर विभिन्न राज्यमा लगिएको थियो ।  तियानमेन स्क्वायरमा ३० मिनेटको सार्वजनिक अन्त्येष्टिको सुरुमा माओको सम्मानमा तीन मिनेट मौन धारण गरिएको थियो । त्यस दिन चीनका लगभग ८० करोड मानिस मौन श्रद्धाञ्जलीमा उभिएका थिए।

समारोहमा सेनाले ब्यान्ड बाजा सहित अन्त्येष्टी परेड गरेकाे थियो । चीनको राष्ट्रिय गान र कम्युनिष्टहरूको  ‘अन्तरराष्ट्रिय धुन’ पनि बजाइएको थियो जसलाइ प्रत्यक्ष प्रसारण गरिएको थियो । तर कुनै पनि विदेशी नेतालाई बेइजिङमा निमन्त्रण गरिएको थिएन ।

माओको तत्काल उत्तराधिकारीका रूपमा चिनियाँ प्रधानमन्त्री तथा कम्युनिष्ट पार्टीका प्रथम उपाध्यक्ष हुवा गुओफेङले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

माओले आफ्नो शरीरलाइ गाड्ने इच्छा व्यक्त गरेका भएपनि उनको पार्थिक शरीरलाइ तियानमेन स्क्वाएरको एक छेउमा म्युजियममा अझै राखिएको छ ।