• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा सिटीले वेस्टहाम युनाइटेडलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

खेलको ३६ औं मिनेटमा जेम्स वार्ड प्रोसेले गोल गर्दै घरेलु टोली वेस्टहामलाई सुरुवाती अग्रता दिलाए । तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो । ४६ औं मिनेटमा जेरेमी डोकु, ७६ औं मिनेटमा बर्नार्डो सिल्भा र ८६ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गरे ।

यो सिटीको लगातार पाँचौं जित हो । सिटी १५ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । वेस्टहाम भने समान ५ खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।