२१ श्रावण २०८३, बिहीबार
,
Latest
मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु ‘हेलो सरकार’मा एक वर्षमा झण्डै ७० हजार गुनासा, प्रणाली स्तरोन्नतिको तयारी सरकारी अस्पताल आफैँ बिरामी छः सांसद मल्ल आवासीय चिकित्सकको निर्वाह भत्ता कार्यान्वयन गर्न सांसद डा. तोषिमा कार्कीको माग ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टरको काम अघि बढाउन सांसद यादवको माग निःशुल्क औषधिको अभाव र विपन्नको स्वास्थ्य उपचारमा देखिएका समस्याबारे संसदीय समितिमा सांसद पौडेलको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

म अझै २० वर्ष सक्रिय रहन्छु: ओली- फोटो फिचर



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनितिमा अझै २० वर्ष सक्रिय रहने बताएका छन् ।

शनिबार ‘बा सँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीहरुका प्रश्नको जवाफ दिँदै ओलीले अझै २० वर्ष सक्रिय रहने तर योग्यतम व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सघाउने बताएका हुन् ।

तपाईको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने प्रश्नमा ओलीले आफू सक्रिय रहदै गर्दा योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरेका हुन् । ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ अहिले ठिक छु । दोस्रोपटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ ।’, ओलीले भने, म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।’

आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिड्ने गरेको बताउदै ओलीले २० वर्षसम्म आफू पनि सक्रिय रहने बताए ।