२१ श्रावण २०८३, बिहीबार
,
Latest
लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको… राष्ट्रियसभाको बैठक सुरु धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातौं संस्करणको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ असोज २७ गते हुने



अ+ अ-

काठमाण्डौ । हरेक वर्ष हिन्दुहरुको महान चाड वडादशैंको घटस्थापना भन्दा अघिल्लो शनिबार सञ्चालन हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’को सातौं संस्करण आउँदो असोज २७ गते शनिबार हुने भएको छ ।

उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको ५ किलोमिटर दुरीको दौडको तयारीबारे उज्ज्वल तारा स्कुलमा शनिबार छलफल कार्यक्रमको आयोजना गरि हालसम्मको तयारीबारे जानकारी दिइयो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीको अध्यक्षतामा भएको छलफलमा खेलाडी, स्थानीय वडाका जनप्रतिनिधि, प्रहरी अधिकारी, स्थानीय समाजसेवी तथा पत्रकारहरुको सहभागिता थियो । दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले दौडको तयारीबारे जानकारी दिँदै गतवर्षमा झैं यो वर्ष पनि विभिन्न ७ वटा उमेर समूहको विधामा प्रतियोगिता आयोजना गरिने बताए ।

महासेनानी कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुषतर्फ गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ २ विधा गरि ७ वटा विधा रहने छ ।

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा र चितवनका तारे होटेलहरुमा एक रात खानेबस्ने सुविधा सहितको उपहार रहेको महासेनानी कार्कीले बताए । कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।