• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

काठमाडौंमा सफा पानीका मुहान (फोटो फिचर)



सुन्दरीजलस्थित वागमती दिन झरना बनेर बग्दै ।

काठमाडौँ । काठमाडौंमा पानीको अभाव कस्तो छ भन्नेकुरा काठमाडौंवासी हरेक नागरिकलाई थाहा छँदैछ । यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । पानी किन्न समेत भनेको बेलामा पाइँदैन । अझ पानी ट्याङ्कर छिर्न नसक्ने गल्लीमा रहेका घरहरुमा पानीको कस्तो समस्या होला ? यो हामीले कल्पना गर्दा नै पुग्छ । अभावका साथसाथै सफा पानी पाउनका लागि काठमाडौंबाट उपत्यकाका बस्ती छोडेर काँठ क्षेत्रमा प्रवेश गर्नुपर्छ ।

काँठ क्षेत्रमा पानीका मुहानहरु शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन् । तर त्यहाँ पनि घुम्न जाने पर्यटकहरुले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदुषण बढीरहेको छ । त्यसैले पनि हामी सचेत नागरिक बनेर पानीका मुहान र पर्यटकीय गन्तव्यहरुमा गएको बेलामा फोहोर जथाभावी फाल्नु हुँदैन ।

सुन्दरीजलस्थित वागमती दिन झरना बनेर बग्दै ।

यसको समस्या र असर स्वयं हामीलाई नै पर्ने हो । काठमाडौंको शहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वागमती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौं बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान साँच्चिकै सफा र स्वच्छ छन् ।

काठमाडौंमा यति स्वच्छ र सफा पानीका मुहान सायदै अन्त पाइएला । त्यसैले पनि हामीले यस्ता स्वच्छ पानीका मुहानमा फोहोर नगरी सफा र स्वच्छ राख्नुपर्छ । किनभने प्रकृतिको संरक्षण गरेमात्रै प्रकृतिले हामीलाई सुरक्षित राख्छ ।  न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौंका सफा र स्वच्छ पानीका मुहानका तस्बिरहरु ।

भक्तपुरको मुहान पोखरीको झरना ।
ललितपुरको कर्मनासा झरना ।
काठमाडौं बैडेश्वर झरना ।
गोदावरी बोटानिकल गार्डेनको झरना ।
ललितपुरको बाँडेगाँउको झरना ।
काठमाडौं टोखाको झरना ।
काठमाडौं टोखाको झरना ।
गोदावरीको मुहान नजिकैको कुण्ड ।
काठमाडौंको सुन्दरीजलको झरना ।
काठमाडौं टोखाको झरना ।