२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

काठमाडौंमा सफा पानीका मुहान (फोटो फिचर)

काठमाडौंमा सफा पानीका मुहान (फोटो फिचर)
सुन्दरीजलस्थित वागमती दिन झरना बनेर बग्दै ।
अ अ+ अ-

काठमाडौँ । काठमाडौंमा पानीको अभाव कस्तो छ भन्नेकुरा काठमाडौंवासी हरेक नागरिकलाई थाहा छँदैछ । यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । पानी किन्न समेत भनेको बेलामा पाइँदैन । अझ पानी ट्याङ्कर छिर्न नसक्ने गल्लीमा रहेका घरहरुमा पानीको कस्तो समस्या होला ? यो हामीले कल्पना गर्दा नै पुग्छ । अभावका साथसाथै सफा पानी पाउनका लागि काठमाडौंबाट उपत्यकाका बस्ती छोडेर काँठ क्षेत्रमा प्रवेश गर्नुपर्छ ।

काँठ क्षेत्रमा पानीका मुहानहरु शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन् । तर त्यहाँ पनि घुम्न जाने पर्यटकहरुले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदुषण बढीरहेको छ । त्यसैले पनि हामी सचेत नागरिक बनेर पानीका मुहान र पर्यटकीय गन्तव्यहरुमा गएको बेलामा फोहोर जथाभावी फाल्नु हुँदैन ।

सुन्दरीजलस्थित वागमती दिन झरना बनेर बग्दै ।

यसको समस्या र असर स्वयं हामीलाई नै पर्ने हो । काठमाडौंको शहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वागमती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौं बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान साँच्चिकै सफा र स्वच्छ छन् ।

काठमाडौंमा यति स्वच्छ र सफा पानीका मुहान सायदै अन्त पाइएला । त्यसैले पनि हामीले यस्ता स्वच्छ पानीका मुहानमा फोहोर नगरी सफा र स्वच्छ राख्नुपर्छ । किनभने प्रकृतिको संरक्षण गरेमात्रै प्रकृतिले हामीलाई सुरक्षित राख्छ ।  न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौंका सफा र स्वच्छ पानीका मुहानका तस्बिरहरु ।

भक्तपुरको मुहान पोखरीको झरना ।

ललितपुरको कर्मनासा झरना ।

काठमाडौं बैडेश्वर झरना ।

गोदावरी बोटानिकल गार्डेनको झरना ।

ललितपुरको बाँडेगाँउको झरना ।

काठमाडौं टोखाको झरना ।

काठमाडौं टोखाको झरना ।

गोदावरीको मुहान नजिकैको कुण्ड ।

काठमाडौंको सुन्दरीजलको झरना ।

काठमाडौं टोखाको झरना ।