• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

कोरोना महामारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गर्न जर्नादन शर्माको ६ सुझाव



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोभिडको बिश्वव्यापी महामारीसँगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको बताएका छन् । कोरोना उपचारका लागि आइसियु,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भइ उपचारमा गम्भीर समस्या पैदा भैरहेको टिप्पनी गर्नुभयो।

डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भएपनी कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनु पर्ने आवश्यक रहेको बताउनु भएको छ ।

देशका कतिपय अस्पतालमा ओपीडी सेवा समेत बन्द रहेको अवस्थामा जर्नादन शर्माले सरकारको गम्भीर ध्यानाकर्षण गर्नको लागि ६ बुँदे कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ।

१) देश भरका सरकारी तथा निजि सबै अस्पतालसंग भएको उपचार क्षमताको आकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरुसंग सहकार्य गरि ७०५ कोभिड उपचारको लागि छुट्याउने ।

२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।

३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि (Inj Remdesevir 100 mg) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।

४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।

५) आइसियु इकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत  तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।

६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका  क्षेत्रहरुमा काम गर्ने सबैका लागी १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने ।