• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

लेभरकुसेनसँग बराबरीमा रोकियो बायर्न



एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले लेभरकुसेनसँग घरेलु मैदानमा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ७ औं मिनेटमा ह्यारी केनको गोलबाट बायर्नले खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर, २४ औं मिनेटमा एलेक्स ग्रिमाल्डोले गोल गर्दै लेभरकुसेनलाई १–१ को बराबरीमा ल्याए ।

८६ औं मिनेटमा लिओन गोरेट्ज्काले गोल गर्दै बायर्नलाई २–१ गोलले अघि बढाए । तर, ९४.४ मिनेटमा एक्सेक्वेल पालासिओसले गोल गर्दै लेभरकुसेनलाई २–२ को बराबरी गर्दै हारबाट जोगाए ।

यो नतिजासँगै ४ खेलमा १० अंकसहित लेभरकुसेन तालिकाको शीर्षस्थानमा रहेको छ । समान खेलबाट समान अंक रहेको बायर्न गोल डिफरेन्सका आधारले दोस्रो स्थानमा छ ।