• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता ★   भ्रष्टाचारका फाइल खुल्नथालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आयो: गृहमन्त्री लामिछाने ★   चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण ★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर ★   कोशी प्रदेश: छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण ★   फोटो हेर्न कांग्रेस कार्यालयमा प्रधानमन्त्री दाहाल- फोटो फिचर

बंगलादेशले भारतलाई ६ रनले हरायो



एजेन्सी । एसिया कप २०२३ को सुपर–४ को अन्तिम खेलमा भारत पराजित भएको छ । अन्तिम ओभरसम्म चलेको रोमाञ्चक खेलमा टोली प्रतियोगिताबाट बाहिरिएको बंगलादेशसँग ६ रनले पराजित भएको हो । सन् २०१२ पछि यस प्रतियोगितामा बंगलादेले भारतलाई पराजित गर्यो ।

प्रतियोगिताको चालू सिजनमा भारतको यो पहिलो हार हो, यद्यपि यस खेलको जित वा हारले प्रतियोगितामा कुनै फरक परेन, किनभने भारतीय टोली फाइनलमा प्रवेश गरिसकेको छ । अब सेप्टेम्बर १७ मा उसले उपाधिका लागि साविक विजेता श्रीलंकासँग खेल्नेछ ।

भारत र बंगलादेशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा भएको थियो । भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा २६५ रन बनायो । जवाफमा भारतीय टोली ५० ओभरमा २५९ रनमा अलआउट भयो ।

भारतीय टोलीलाई अन्तिम १८ बलमा ३१ रन आवश्यक थियो । अक्षर पटेल र शार्दुल ठाकुर खेलिरहेका थिए । दुवैले केही राम्रा प्रहार खेले । कुनै समय टिमलाई १२ बलमा १७ रन आवश्यक थियो ।

यस्तो अवस्थामा बंगलादेशी कप्तान शकिब अल हसनले बल मुस्ताफिजुर रहमानलाई दिए । रहमानले ४९ औं ओभरको पहिलो बलमा शार्दुल ठाकुर र चौथो बलमा अक्षर पटेलको विकेट लिएर खेललाई बंगलादेशतर्फ फर्काए ।

ओपनर शुभमन गिलले आफ्नो एकदिवसीय करियरको पाँचौ शतक प्रहार गरे । गिलले ९०.९७ को स्ट्राइक रेटमा १३३ बलमा १२१ रन बनाए ।

भारतले १७ रनमा २ विकेट गुमाएपछि शुभमन गिल र केएल राहुलले भारतलाई सम्हाले । दुवैले तेस्रो विकेटका लागि ८७ बलमा ५७ रनको साझेदारी गरे । यो साझेदारी शेख मेहदी हसनले राहुललाई आउट गरेर तोडेका थिए ।

२६६ रनको लक्ष्य पछ्याएको भारतीय टोलीले पहिलो ओभरमै रोहित शर्माको विकेट गुमाएको थियो । तिलक वर्मा पनि तेस्रो ओभरमा ५ रन बनाएर बोल्ड भए । दुवैलाई डेब्यु गरेका तन्जिम हसनले आउट गरेका थिए । १७ रनमा २ विकेट गुमाएपछि शुभमन गिल र केएल राहुलले पावरप्लेमा टिम इन्डियाको थप विकेट खस्न दिएनन् र स्कोर ४२ रनमा पुर्याएका थिए ।

बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो । टोलीले भारतलाई २६६ रनको लक्ष्य दिएको थियो । कप्तान शकिब अल हसनले ८० रनको इनिङ खेले । उनले आफ्नो ५५ औं अर्धशतक प्रहार गरे भने तौहिद हृदयोयले आफ्नो एकदिवसीय करियरको ५ औं अर्धशतक बनाए । तौहिद ५४ रन बनाएर आउट भए । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै, मोहम्मद शामीले २ विकेट लिए ।