• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट“आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ ।

धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो
यसका साथै, आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफर मार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “ध्ब्त्भ्च्” प्रयोग गरि रु. १०० सम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झट बाट मुक्त गराई उपमहानगर लाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।