२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हत्तोत्साही बनायो: अध्यक्ष अग्रवाल



अ+ अ-

काठमाडौ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साहीत बनाएको बताउनुभएको छ ।

शुक्रवार परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी दु:खी बनाएको बताउनु भयो । उहाँले सरकारको नीति व्यवसायलाई सहजिकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको बताउनु भयो । उहाँले कसैले निवदेन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको गुनासो गर्नुभयो ।

उहाँले पछिल्लो समय सरकारको कानूनी व्यवहारको कारण लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको बताउनु भयो । उहाँले आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको बताउनु भयो। उहाँँले व्यवसायीहरु अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताउनु भयो। उहाँले सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा रहेको भन्दै उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको ऐन कानून व्यवसायलाई सहजिकरण पर्नेमा नियन्त्रण गर्ने खालका छन् । कसैले निवदेन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने,थुन्ने अनि मात्रै सुन्ने गरिएको छ । यसले लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको छैन । आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको पाएका छौं । अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिर्वाय रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा राख्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ । सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा छन् । उद्योगीलाई थुन्ने प्रवृत्तिले लगानीकर्ता हतोत्साहित भएका छन् । उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्नुभएन । ठूलो अपराध हो भने ठिक हो । तर, जे मा पनि हतकडी लगाउँदा बजारमा नकारात्मक सन्देश गयो ।’

उहाँले आमजनताले सबल अर्थतन्त्रको आशा गरेको भन्दै त्यसतर्फ सरकारको ध्यान हुनुपर्ने बताउनु भयो । उहाँले अहिले खर्च गर्ने आत्मबल घट्दा बजारमा मन्दी छाएको बताउनु भयो ।