• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर ★   कोशी प्रदेश: छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण ★   फोटो हेर्न कांग्रेस कार्यालयमा प्रधानमन्त्री दाहाल- फोटो फिचर ★   युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने ★   प्रश्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते हुने ★   शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई ★   अविरल वर्षाले जलमग्न बन्यो जनकपुरधाम ★   निकासी आदेश पछि इजरायलद्वारा दक्षिणी गाजामा पुन:आक्रमण

स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने तयारीमा काठमाडौँ महानगर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्ने भएको छ । बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा स्थानीयलाई खेल्ने वातावरण तयार पार्ने भन्दै महानगरले यस्तो व्यवस्था गर्ने भएको हो ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौँमा खेल्ने वातावरण नभएको भन्दै स्थानीय सरकारको दायित्व स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने रहेको र त्यसको अनुरूप प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्न लागेको जनाएका छन् ।

यस्तै, क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव रहेको भन्दै शाहले सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल 0 क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने पनि बताए । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने मेयर शाहको भनाई छ ।

यस्ता कार्यक्रममार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाई, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने मेयर शाहको विश्वास छ ।