• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

एसियन गेम्सका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा



काठमाडौँ । यसै महिना चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । विनोद भण्डारी र अविनाश बोहरा राष्ट्रिय टोलीमा फर्किएका छन् । यस्तै, यसअघि राष्ट्रिय टोलीमा रहेका आरिफ शेख र भीम सार्कीलाई विश्राम दिएको छ ।

एशियाली खेलकूद प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’मा जापान र कम्बोडिया छन् । नेपालले समूह चरणमा असोज १० मा जापानसँग र असोज १४ मा कम्बोडियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान), करण केसी, प्रतिश जीसी, आशिफ शेख, कुशल मल्ल, गुुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने