९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

प्रधानमन्त्रीको आग्रहपछि आन्दोलनको मोडल परिवर्तन, बन्चरेडाँडामा फोहोर लैजान केही दिनका लागि सहज

प्रधानमन्त्रीको आग्रहपछि आन्दोलनको मोडल परिवर्तन, बन्चरेडाँडामा फोहोर लैजान केही दिनका लागि सहज
अ अ+ अ-

काठमाडौं। बञ्चरेडाँडा ल्याण्डफिल्डसाइट प्रभावित श्रेत्र सरोकार समितिले आगामी असोज १ गतेदेखि गर्ने भनेको आन्दोलनको स्वरूप परिवर्तन गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकार समितिले यसबीचमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले सहमति कार्यान्वयनको आश्वासन दिएकाले आन्दोलनको मोडल परिवर्तन गरिएको बताएको हो ।

बन्चरेडाँडा ल्याण्डफिल्डसाइट प्रभावित क्षेत्र सरोकार समितिले गत भदौ ११ गते पत्रकार सम्मेलन गरी उक्त स्थानमा असोज १ गतेदेखि सदाको लागि फोहोरमैला निषेध गर्ने घोषणा गरेको थियो । उक्त घोषणपछि प्रधानमन्त्री कार्यालयदेखि लिएर हरेक कार्यालयहरुमा त्यहाँका समस्याको बारेमा ध्यानाकार्षण गराउँदा सरकार सकारात्मक देखिएको संयोजक श्रीराम ढुंगानाले बताए ।

‘हामीले ११ गते पछाडि धेरै सरकारी कार्यालयहरु, प्रधानमन्त्री कार्यालदेखि लिएर हरेक कार्यालयहरुमा हाम्रा समस्याको बारेमा ध्यानाकार्षण गरायौं । १ गतेको बन्द आल्दोलन आउनुभन्दा अगाडि नै नेपाल सरकार मन्त्रिपरिषद र सहरी विकास मन्त्रालयबाट हामीलाई पत्राचार गरेर तपाईँहरुका अहिलेसम्मका समस्याहरु हामीले निर्णय गरेपनि सम्बोधन गर्न सकिएको थिएन । तत्कालैदेखि शीघ्र कार्यान्वयनको प्रक्रियामा नेपाल सरकारकाले कार्यान्वयनका लागि निर्देशन गरिसकेको र सम्बन्धित मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको हुनाले १ गतेबाट गर्ने भनिएको आन्दोलन फिर्ता लिएर नेपाल सरकारलाई सहयोग गर्न भनिएको छ,’– संयोजक ढुंगानाले भने ।

सरकारले ‘पीडितको समस्या समाधानका पक्षमा काम गर्न गइरहेका छौं’ भनेर आन्दोलन स्थगन गर्न अनुरोध गरेपछि आफूहरुले आन्दोलनको मोडल परिवर्तन गरेको उनको स्पष्टोक्ति छ । उनले विगतका सहमति कार्यान्वयन गर्ने र अहिले प्रस्ताव गरेका कुराहरु स्वीकार गर्ने निकाय नेपाल सरकार नै भएकाले आन्दोलनको मोडल परिवर्तन गरेर रचनात्मक रुपमा दवाब दिन लागिएको बताए । आन्दोलनको मोडल परिवर्तन भएपनि सहमति कार्यान्वयनको अन्तिम चरण नभएसम्म रचानात्मक रुपमा दवाब दिइरहने उनले बताए

आगामी आन्दोलनहरु असोज १ गतेदेखि २० गतेसम्म सरकार र मातहतका मन्त्रालयमा पत्रद्वारा र अन्य रचनात्मक कार्यहरुलाई निरन्तरता दिइने उनले बताए । असोज २१ गतेदेखि विहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म फोहोरमैला ढुवानीका साधनहरुलाई ल्याण्डफिल साईट प्रवेशमा रोक लगाउने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि सहरी विकासमन्त्री सीता गुरुङसम्मलाई सुध्रिनका लागि एक महिनाको समय दिइएको संयोजक ढुंगानाले बताए । आफूले लेखेको पत्रको खिलाफमा सरकार गएमा त्यसको परीणाम नराम्रो हुने उनको चेतावनी छ ।

काठमाडौं महानगरपालिकाको कार्यदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले हालै बँञ्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्रको वातावरणीय प्रदूषण नरहेको उल्लेख गरेकोप्रति उनले आपत्ति जनाए । महानगरले सत्यतथ्य लुकाउने उद्देश्यले गन्ध निरोधक औषधी प्रयोग गरेर प्रभावित क्षेत्र दूषित तथा नकारात्मक प्रभाव नरहेको भन्ने प्रतिवेदन लेख्न दवाब दिएको सरोकार समितिको आरोप छ । महानगरको उक्त कार्य मानवताविरोधी अपराध रहेको बताउँदै संघर्ष समितिले अन्तराष्ट्रिय विधिविज्ञान प्रयोगशालाद्वारा प्रदूषण मापन गराउन मागसमेत गरेको छ । काठमाडौं महानगरले कार्यान्वयन गर्नुपर्ने विभिन्न सात बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।

काठमाडौं महानगरपालिका समेतले कार्यान्वयन गर्नुपर्ने प्रस्तावहरु
१. २०७४ जेष्ठ २३ गते काठमाडौं महानगरपालिकासमेत स्थानीय जनप्रतिनिधिहरुले मध्यरातमा गरेका सहमतिहरु ३ महिनाभित्रमा कार्यान्वयन अनिवार्य रुपमा गर्नुपर्ने ।
२. २०६२ सालदेखि २०८० साल सम्मको अवधिमा फोहोरमैला ढुवानी प्रयोजनका सवारी साधनहरुले लापरवाहीका कारणबाट दुर्घटना गराएर मारिएका मानिसका परिवारहरुको प्रत्येक एक जनालाई सेवामा नियुक्ति गर्नुपर्ने ।
३. २०६२ जेष्ठदेखि २०८० सालसम्म प्राणघातक फोहोरमैला अव्यवस्थित रुपमा थुपारेका कारण वरपरका गाँउहरु कोल्पुखोला आधार क्षेत्रमा कृषि, उद्योग, मानव स्वास्थ्य लगायतमा वार्षिक २ अर्बभन्दा बढिको क्षेति काठमाडौं महानगरपालिकासमेतले भुक्तानीको व्यवस्था गर्नुपर्ने ।
४. ल्याण्डफिल साईटका कारणले नकारात्मक प्रभाव परेको कोल्पुखोला आधार क्षेत्रका नागरिकहरु करिब ३०० जना लाई सरकारी र गैर सरकारी, महानगरपालिका र नगरपालिकाहरुमा रोजगारी मिलाईने छ भनी २०५३ भाद्र २८ गते स्थानीय विकास मन्त्रालयमा गरेको सहमती कार्यान्वयन गनुपर्ने ।

५. फोहोरमैला ढुवानी प्रयोजनका लागि प्रयोग हुने तीनपिप्ले बँञ्चरेडाँडासम्मको सडक व्यक्तिहरुका नाममा जग्गाधनी प्रमाणपूर्जा रहेकोले लगत कट्टी गरी काठमाडौं महानगरपालिका र उपत्यकाका नगरपालिकाहरु समेतले मुआब्जा भुक्तानी गर्नुपर्ने ।
६.२०७८ कार्तिक १५ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प.सं ०७८/ ७४ च. नं. भौ. पु ६२१ / ३०७६को २१ बुँदाको निर्णय अविलम्ब कार्यान्वयन गर्नुपर्ने ।
७. २०६६ / २०६७ मा वन तथा वातावरण मन्त्रालयको मिति २०६३/०२/१५ को च.न २५ बुँदा नं. क, ख, ग, घ, ङ, च मा उल्लेख गरिएको शर्तहरु शीर्घ कार्यान्वयन गर्नुपर्ने ।

संर्घष समितिका सदस्य एवं प्रभावित क्षेत्रका स्थानीयबासी हरि लामाले प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयबाट पत्र प्राप्त भएकाले आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए । काठमाडौं महानगरले फोहोर व्यवस्थापनको विषयलाई गम्भीर रुपमा नलिएको र पीडितहरुसँग संवाद गर्न नचाहेको उनको अरोप छ ।