६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड र सी चिनफिङबीच असोज ६ गते हाङ्जाओमा भेट हुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा सहभागि भएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लाग्नुभएको हो ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले असोज ६ गते चीनका राष्ट्रपति सीसँग भेट गर्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीले चीनका प्रधानमन्त्री लि छ्याङलाई भने बेइजिङमा भेट्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ । चिनियाँ समकक्षी लि छ्याङसँग २५ सेप्टेम्बर (असोज ८ गते) बेइजिङमा भेट हुनेछ ।’

उहाँले चीनको औपचारिक भ्रमणका बेला नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउन आफ्नो प्रयास रहने पनि बताउनुभयो ।