२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेइस वर्षपछि स्व गणेशमान सिंहको प्रतिमा अनावरण हुने



अ+ अ-
काठमाडौँ । अन्तत: लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष अघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गर्नुभएको थियो ।
प्रतिमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको छ । गणेशमान सिंह स्मृति बाटिकाको निर्माणसँगै उहाँको सालिक पनि निर्माण गरिएको छ ।
धलौटको यस सालिक १२ फिट अग्लो र तौल एक हजार दुई सय केजीको छ । सालिक निर्माण गर्न रु एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले राससलाई जानकारी दिनुभयो ।
 विसं २०४६ को ऐतिहासिक जनआन्दोलनमा स्व सिंहले सर्वोच्च कमान्डरको भूमिका निर्वाह गर्नु भई नेपाली जनतालाई पुन: प्रजातन्त्र प्राप्तिमा पुर्‍याउनुभएको योगदानको कदरस्वरुप भक्तपुरमा उहाँको सालिक निर्माण गरिएको हो ।
विसं २०५४ मा स्व सिंहको निधनपछि तत्कालीन कटुञ्जे गाउँ विकास समितिका अध्यक्ष रामेश्वर ढुङ्गेलले बाटिका निर्माण गर्ने घोषणा गर्नुभएको थियो । ढुङ्गेल भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । प्रतिमाको अनावरण असोज २ गते स्व सिंहको स्मृति दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने निश्चित भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
गणेशमान सिंह स्मृति बाटिकाका लागि सरकारबाट कूल एक सय ७४ रोपनी १५ आना जग्गा प्राप्त भएको छ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल सरकार, बागमती प्रदेश सरकार र सूर्यविनायक नगरपालिकाको सहकार्यमा तयार गरी सिंहको योगदानलाई चिरस्मरणीय बनाउन बाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका सहिदको जीवनीमा आधारित सामग्री सङ्ग्रह गर्ने सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर, निर्माण कार्य भइरहेको छ ।
गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले प्रजातान्त्रिक योद्धाको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने, प्रजातन्त्रबारे विज्ञ तथा अनुभवीबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशन गराएर भविष्यको पुस्तालाई प्रजातन्त्रप्रति जागरुक गर्ने थलोका रूपमा यस बाटिकाको विकास गर्ने लक्ष्य लिएकोे पनि समितिले जनाएको छ ।  रासस