४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ बन्यजन्तु सालक सहित एक पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

कैलाली । लम्कीचुहा नगरपालिका(४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालक सहित सोही नगरपालिका–१ बस्ने जनक चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

चौधरीले सालक नामको दुर्लभ वन्यजन्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त जीवित सालक सहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई उक्त सालक सहित आवश्यक अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय लम्की पठाइएको छ ।