७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै



अ+ अ-

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा  (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको शव यात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।

नेम्वाङको निवास बालुवाटारबाट निकाले सुरु भएको शव यात्रा भर्खरै आर्यघाट पुगेको हो । यसअघि बालुवाटार निवासमै नेपाली सेनाले सलामी दिएको थियो ।

सोमबार राति निधन हुनुभएका उहाँको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको हो । अब केहीबेरमा अन्त्येष्टि कार्य हुनेछ ।

दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।

नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।

राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।