११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.78

Wind: 1.03

Humidity: 43

Latest
माओवादी केन्द्रको संसदीय दलको बैठक जारी एमालेले आज काठमाडौंमा युवा महोत्सव गर्दै, एक लाख सहभागी हुने दाबी आतंकवादी हमलामा कश्मीरमा मारिएका सुदीपको शव ल्याइयो ‘हिमालहरूमा जीवन छैन’ आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेश्नल ग्रल्स आइसिटी डे’ पहलगाममा भएको आतंकवादी हमलाको राप्रपाद्वारा निन्दा पाकिस्तानी सुरक्षा कूटनीतिज्ञलाई भारत छाड्न आदेश, सिन्धु जल सम्झौता स्थगन यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर आफैंले लडेर ल्याएको व्यवस्थामा अलोकतान्त्रिक नेतृत्वविरुद्ध संघर्ष राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग आयोगका पदाधिकारीको भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीले भेट गरेको छ ।

राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज भएको भएको भेटमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको आयोगले जनाएको छ ।

राष्ट्रपति पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका अध्यक्ष मगरले आयोगले मानव अधिकार संरक्षण र संवर्द्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै र आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नका लागि पेरिस सिद्धान्तबमोजिम आयोग ऐन निर्माण गर्नुपर्ने र यसका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभएको थियो ।

भेटमा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारीप्र्रसाद खरेल, सहसचिव डा टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेलको उपस्थिति रहेको थियो । रासस