९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्छ: झलनाथ खनाल

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्छ: झलनाथ खनाल
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुन सक्ने आशंका व्यक्त गर्नुभएको हो ।

उहाँले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताउनु भयो । सरकारकै घटक दल नेपाली काँग्रेस समाजवादी मोर्चालाई लिएर सशंकित रहेको समयमा उहाँले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गर्नुभयो । यसका साथै सम्पूर्ण वामपन्थी शक्तिहरु मोर्चामा आवद्ध हुनसक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चावद्ध हुन सम्भव नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब यो देशमा लामो अवधिसम्म त संघीयता थिएन । हामीले २०६२/०६३ को परिवर्तनपछि यो प्रयोग गरेका छौँ । यो नयाँ प्रयोग हो । यो नयाँ प्रयोग कत्तिको जगमा उभिन्छ ? हामीले यसलाई ठिक ढंगले प्रयोग गर्दै गयौँ, राम्रो ढंगले फलदायी भयो, आम जनतालाई यसले बढी मात्रामा सेवा पुर्‍याउनसक्यो, देशको विकासमा तिब्रता प्रदान गर्नसक्यो, भने यो संरचना टिकेर जान्छ । नत्र भने त्यो कुरा एउटा बोझ, भारी मात्रै भयो भने त्यो कुरामा परिवर्तन पनि हुनसक्छ । हिजो एक खालको १४ अञ्चल थियो, त्यो गयो, त्यस्तै गरेर यो अहिले जुन संविधान बनेको छ, संविधानले संघीयतामा हमी गएका छौँ, यो संविधान त कार्यान्वयको प्रक्रियामा पनि छ नि ।

त्यसैले पूर्ण रुपले कार्यान्वयनमा गइसकेको छैन अझै । संघीयता अहिले पनि प्रयोगको कुरा हो, प्रयोगमा छ, यसलाई सफल गर्न सक्नुपर्छ । देशको आवश्यकता हो, प्रयोग गरेर सफल गर्न सक्नुपर्छ, देशको आवश्यकता होइन भने आफैँ भोलि तपाईं हामीले चाहे पनि नचाहे पनि त्यो समाप्त हुन्छ । हामीले यसको बिस्तारै समीक्षा गर्नुपर्छ । कतिपय कुरामा केही कुरामा नयाँ ढंगले सोच्नुपर्छ की भन्ने कुरा आइरहेको छ । यतिबेलै संघीयताको बारमो नयाँ ढंगले सोच्ने स्थिति भएको छैन ।’

पूर्वप्रधानमन्त्री खनालले सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको बताउँदै सरकारले गर्ने राम्रो वा नराम्रो कामले सरकारको भविष्य निर्धारण गर्ने बताउनु भयो ।