१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा २३ सय वर्ष पुराना सामान फेला



अ+ अ-

एजेन्सी । उत्तर—पश्चिम टर्कीमा पुरातात्विक सम्पदा उत्खननका क्रममा २३ सय वर्ष पुराना सामग्री फेला परेका छन् ।

अध्ययनका क्रममा २५ जनाको टिमले हालै उत्खनन गर्दा २३ सय वर्ष पुराना कलाकृति फेला परेको बताइएको हो ।

२३ सय वर्ष पहिलाका जीवनलाई चित्रित गर्ने त्यो बेला प्रयोग हुने भाँडाकुँडा, धार्मिक कार्यमा प्रयोग हुने अन्य सामग्रीहरु र साना साना मूर्ति फेला परेको बताइएको छ ।

क्यानाक्कले प्रान्तको एसोस गाउँमा रहेको पुरानो झरना संरचनाको किनारमा रहेको एक स्थानमा उत्खनन गरिएको अनुसन्धान टोलीका प्राज्ञिक तथा प्रमुख नुरेटिन अर्सलानले बताउनु भयो ।