• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

एसिया कप: भारतद्वारा आयोजक श्रीलंका ४१ रनले पराजित



एसिया कप क्रिकेट अन्तर्गत मंगलबार सम्पन्न खेलमा भारतले आयोजक श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । यो जितसँगै भारतले २ खेलबाट ४ अंक बटुलेर फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २१३ रनको मध्यम स्कोर खडा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रनको योगदान गरेका थिए । सुस्त पिचमा ब्याट्सम्यानहरू केएल राहुलले ३९, इशान किसनले ३३ तथा अक्षर पटेलले २६ रन बनाएका थिए ।

जितका लागि २१४ रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंकाले सबै विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । श्रीलंकाले शुरुमै तीन विकेट गुमाएपछि निकै दबाबमा परेको थियो । तर मध्यक्रममा आएका धनन्जय डिसिल्भा र डुनिथ वेलेलेगाले राम्रो साझेदारी गरेर टिमलाई जिततर्फ लगेका थिए । तर रविन्द्र जडेजाको बलमा धनन्जय क्याचआउट भएपछि श्रीलंकाको जितको सम्भावना समाप्त झैं भएको थियो । डुनिथ भने ४२ रन बनाएर नटआउट रहे ।

श्रीलंकाको इनिङ ध्वस्त पार्न फेरि पनि भारतीय बलर स्पिनर कुलदिप यादव नायक भए । उनले चार श्रीलंकाली ब्याट्सम्यानलाई आउट गरे । यसअघि सोमबार सम्पन्न पाकिस्तान विरुद्धको खेलमा पनि उनले पाँच विकेट लिएका थिए ।

संक्षिप्त स्कोर: भारत २१३ (४९.१ ओभर, अल आउट, रोहित शर्मा ५३, केएल राहुल ३९ रन), श्रीलंका (४१.३ ओभर, १७२ अल आउट, धनन्जय डिसिल्भा ४१, डुनिथ वेलेलागे ४२ अविजित)

अंक तालिका
१. भारत – ४ अंक
२. श्रीलंका – २ अंक
३. पाकिस्तान – २ अंक
४. बंगलादेश – ० अंक