• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’ ★   विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश ★   पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द ★   सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ: प्रेम सुवाल ★   सुपर ८ मा पुगेपछि रोहितले भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन ★   मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ ★   शीतगृहले धरानका किसानलाई राहत ★   ‘दिवाली होस् या होली, अनुष्का लव कोहली’, ‘१० रुपैयाको पेप्सी, कोहली भाई सेक्सी’ ★   समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

नेम्वाङको अन्त्येष्टि बिहीबार हुने, सार्वजनिक बिदा पनि बिहीबार नै



काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने भएको छ । अस्ट्रेलियामा रहेका एक छोरा नेपाल आइपुग्न ढिलाइ हुने भएकाले उहाँको अन्त्येष्टि बिहीबार हुने भएको हो ।

अस्ट्रेलियामा रहेका छोरा बुधबार बेलुका ५ बजेतिर मात्र आइपुग्ने बताइएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि बुधबार दिउँसो १ बजेसम्म राखिने पार्टी स्रोतले जनाएको छ ।

तत्पश्चात किराँत संस्कारअनुसार उहाँको पार्थिव शरीरलाई बेलुका पाँचबजेसम्म उहाँको घरमै राखिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयबमोजिम नेपाली सेनाले नेम्वाङको पार्थिव शरीरको जिम्मा लिने बताइएको छ ।

बिहीबार कुन समयमा अन्त्येष्टि गरिने भन्नेबारे अहिलेसम्म तय भइनसकेको बताइएको छ । सरकारले नेम्वाङको अन्त्येष्टिका दिन नै सार्वजनिक बिदा दिने निर्णय गरेकाले बिहीबार सार्वजनिक बिदा हुने भएको छ ।

बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।