२२ श्रावण २०८३, शुक्रबार
,
Latest
रोजगारी सिर्जनाका लागि सरकार–निजी क्षेत्र सहकार्य गर्ने राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि, अधिकार प्रत्यायोजन गर्न माग चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री… सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग सर्वोच्चमा पुनरावलोकन भए पनि कांग्रेसको रूपान्तरण अभियान राेकिदैँन: महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको “शान्ति निर्माणमा शिक्षाको भूमिका” कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ । उक्त कार्यक्रमपश्चात मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुनेछ । रासस