२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) पार्टी केन्द्रीय कार्यालयमा राखिएको पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर देखेपछि भावविह्वल हुनुभएको छ ।

नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएकी भण्डारीले आफ्नो आँसु थाम्न सक्नुभएन । अहिले नेम्वाङको पार्थिव शरीरमा माल्यार्पण गर्न च्यासलमा विभिन्न दलका नेता/कार्यकर्ताहरूको भीड लागेको छ । श्रद्धाञ्जली दिन च्यासल पुगेका सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत सबै स्तब्ध र मलिन अनुहारमा छन् ।

पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली छेउको सोफामा बसेकी थिइन् । उहाँलाई सम्हाल्न कठिन भएको देखिन्थ्यो । उहाँले पटकपटक आँसु पुछिरहनुभएको थियो । उहाँलाई सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो ।