• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालयबीच सहकार्य



काठमाडौँ । नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी भएको सम्झौताका लागि काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद दिनुहुँदै प्रहरीका कर्मचारीका सन्ततिलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततिलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा थापाले नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताउनुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उहाँले उल्लेख गर्नुभयो ।

उक्त सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र नौवटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्नेछ । सम्झौता हस्ताक्षर भएको दिनदेखि पाँच वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलको समग्र शैक्षिकस्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ ।

उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेल एवं प्रहरी वरिष्ठ अधिकृतको उपस्थिति रहेको थियो । रासस