१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको न्यूयोर्कस्थित नायग्रा क्षेत्रमा तीजको दर खुवाउने कार्यक्रम सम्पन्न



अ+ अ-

अमेरिका । अमेरिकाको न्यूयोर्कस्थित बफ्लो क्षेत्रमा रहेका नेपाली महिलाहरूले नाचगान र आपसमा रमाइलो गरेर तीज पर्व मनाएका छन् ।

नेप्लिज कम्युनिटी अफ बफ्लो नायग्राले आयोजनामा गरेको तीज कार्यक्रममा अमेरिकामा नै रहेका लोकगायक विमल डाँगी र देविका केसीले विभिन्न सांगीतिक प्रस्तुतिहरु दिनुभएको थियो ।

कार्यक्रममा विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।कार्यक्रमको संयोजन गर्नुभएका मध्येका एक लोकनाथ अधिकारीका अनुसार तीजका कारण यस क्षेत्रमा बसोबास गरिरहेका २५० भन्दा बढी नेपाली एकै ठाउँमा पहिलो पटक जम्मा हुने अवसर मिल्यो ।

उहाँले भन्नुभयो, “विदेशमा रहँदा यस्ता चाडपर्वले नेपालीहरूको आपसी सद्भावना र भाइचारा बढाउने गरेको छ । साथै नयाँ पुस्तालाई हाम्रो कला संस्कृति र संस्कार बुझाउने माध्यम पनि भएको छ ।

संस्थाका अध्यक्ष बिष्णु काप्रीले चेलीहरुलाई दर खुवाँउदा नेपालीहरुको एकता भावनापनि विकास हुने र सस्कृतिपनि जोगिने बताउनुभयो । कार्यक्रममा त्यस क्षेत्रमा बसोबास गरिरहनु भएका प्रमेश गिरी ,सुमन बराल ,रघु भट्टराई, सुरेन्द्र बास्तोला ,कमल लामिछाने लगायतका व्यक्तिहरुको सक्रिय सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी ईना गौतमले भन्नुभयो, “यस्ता कार्यक्रमले स्वदेशको झल्को दिनुका साथै आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्‍भाव वृद्धि गर्न योगदान पुग्न गरेको छ ।”

बिदाको समय पारेर गरिएको कार्यक्रममा हजुरआमादेखि नातिनातिनाको पुस्तासम्म जम्मा भएर करिब ५ घण्टा उनीहरु रमाएका थिए ।