३१ भाद्र २०८३, बुधबार
,
Latest
‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमणमा व्यवहारिक र नतिजामुखी योजनामात्रै अघि बढाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन् ।

आईतवार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री दाहाललाई विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको र दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल (नतिजामुखी) र भाएबल (व्यवहारिक) प्रोजेक्टहरु मात्रै अघि बढाउन सुझाव दिएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताउनु भयो । उहाँले चीनका चिन्ता चासोहरुलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन विज्ञहरुले सुझाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युले पूर्वपरराष्ट्र सचिवहरु, राजदुतहरुसँग आसन्न चीन भ्रमणका सन्दर्भमा सल्लाहका लागि बोलाउनुभएको थियो । त्यसमा आउनुभएका पूर्वसचिवहरु र राजदुतज्युहरुले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको, दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल र भाएबल प्रोजेक्टहरु कार्यक्रमहरु मात्रै राखेर एजेण्डा मात्रै राखेर अघि बढ्दा उपयुक्त हुने, दुई देशबीचको सम्बन्ध सुमधुर रही आएको र त्यसलाई निरन्तरता दिने कुरामा बढी जोड दिन र चीनका चिन्ता चासोहरुलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन सुझाव दिनुभएको छ । प्रधानमन्त्रीज्युले सुझावलाई महत्वका साथ लिनुभएको छ ।’

प्रधानमन्त्री दाहालले आज बिहान राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसँग पनि आसन्न विदेश भ्रमणबारे सुझाव लिनुभएको थियो ।