२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक



अ+ अ-

गण्डकी । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो ।

गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिनुभएको छ । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।

आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो । महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपूतले बताउनुभयो । नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याएको उहाँको भनाइ छ । विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताउनुभयो ।

दुई वर्षअघि सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’मा सपूतले महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गर्नुभएको थियो । लैङ्गिक समानताको विषयलाई गीतले समेटेको थियो । सो गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिनुभएका गायक सपूतका यसअघि ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत सार्वजनिक भइसकेका छन् । ‘गलबन्दी’ उहाँको सबैभन्दा बढी रुचाइएको गीत हो । रासस