• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम अनितितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने

एजेण्डा मिल्नेहरुले गर्ने आन्दोलनमा एक्यवद्धता रहन्छः कमल थापा



भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् ।

राप्रपा पनि आन्दोलनमा आएकोमा खुशी व्यक्त गर्दै थापाले राजासहितको प्रजातन्त्र ,सनातन हिन्दुराज्य र संघीयता खारेजीको लागि जसले कार्यक्रम गरेपनी एक्यवद्धता हुने स्पष्ट पार्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताले मुलुकलाई बर्बार्दीको बाटोमा लगेको समेत बताए ।

भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य व्यक्ति परिवर्तनबाट संभब नहुने हुँदा अब व्यवस्था परिवर्तन गर्नुको बिकल्प नभएको दाबी गरे ।

व्यवस्था परिवर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केहि पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए ।

गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भइसकेकोले अब सबै अटाउने कोही निषेध हुनुनपर्ने मौलिक प्रजातन्त्र देशलाई आवश्यक रहेको बताए।

राजादेखि बिप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र ,सर्बधर्म सद्धभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधब खत्री जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालन बारे आ९आफ्नो धारणा राखेका थिए ।