• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेयमारले तोडे महान फुटबलर पेलेको रेकर्ड



एजेन्सी । फरवार्ड नेयमारले ब्राजिलका महान फुटबलर पेलेले रेकर्ड तोडेका छन् ।

राष्ट्रिय टोलीका लागि ७७ गोलको कीर्तिमानी पेलेले तोडेका हुन् । पेलेले १९५७ देखि १९७१ सम्म ब्राजिलका लागि ७७ गोल गरेका थिए ।

बोलिभियाविरुद्धको विश्वकप छनोट खेलमा नेयमारले दुई गोल गरे । दुई गोलसँगै नेयमार पेलेलाई पछि पार्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् ।

नेयमारले ब्राजिलका लागि ७८ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
ब्राजिलका महान फुटबल खेलाडी पेलेको गत पुसमा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

बोलिभियालाई जित फराकिलो जित दिलाउन नेयमार र रोड्रिगोले दुई–दुई गोल गर्दा राफिन्हाले पनि एक गोल थपे ।