२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमहामन्त्री यादव कुटपिटबारे सरकारले भन्यो– विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन



अ+ अ-

काठमाडौं । सरकारले कसैको विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएको छ ।

सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको प्रसंगमा यस्तो बताएकी हुन् ।

सहमहामन्त्री यादवमाथि आक्रमणबारे थप अनुसन्धान जारी रहेको बताउदै उनले भनिन्, ‘अहिले सांघातिक आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ । तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन । यो संविधान, कानून र नियमविपरितकै कामहरु हुन् । त्यसबारे थप अनुसन्धान जारी छ ।’

शर्माले अनुसन्धान टुंग्याएपछि सरकारले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइन् ।