२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन पतितोलामा तीन सय रुपैँयाले बढेर एक लाख १२ हजार तीन सय रुपैयाँँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार उक्त सुन प्रतितोला रु एक लाख १२ हजार रुपैयाँँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने घटेको छ । अज चाँदी प्रतितोला पाँच रुपैँयाले घटेर एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भईरहको महासङ्घले जनाएको छ ।