• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन

राधाकृष्ण रथयात्रा सुरु



मोरङ । विराटनगरमा आज ५५औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज अपराह्न ४:०० बजे पूजाअर्चना गरेपछि रथयात्रा निकालिएको हो ।

मोरङ, सुनसरी, झापाका साथै सीमावर्ती भारतबाट लाखौँ श्रद्धालुको उपस्थितिसहित रथयात्राले मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, धरान रोड र बरगाछी हुँदै नौ किलोमिटरको दूरी तय गरेको राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यात्राका क्रममा ४३ स्थानमा विश्राम गर्दै पुन: मन्दिर परिसरमा पुग्न करिब पाँच घण्टा लाग्ने छ ।

“श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने उक्त रथयात्रा विसं २०२५ देखि सुरु भएको हो । रथयात्रा अघि खटयात्रा निकालिने गरिएको थियो । खटयात्रा विसं १९८८ देखि सुरु गरिएको थियो”, अध्यक्ष रेग्मीले भन्नुभयो । उहाँका अनुसार विराटनगरमा निकालिने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिएको छ ।

भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रापछिको दोस्रो ठूलो विराटनगरको रथयात्रालाई मान्ने गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो । रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत लाखौँ भक्तजन आउने गरेका उहाँले बताउनुभयो । रथयात्रा सम्पन्न गर्नका लागि १८ उपसमिति निर्माण गरिएको छ ।

यसैबीच रथयात्राका अवसरमा विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका ३० पुरूष र आठ महिला (छ जना नेपाली, ३२ जना भारतीय) गरी जम्मा ३८ लाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । रासस