१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

स्व.रिजालको अन्त्येष्टि: पार्थिव शरीरमा महानगरको झण्डा ओढाएर प्रमुख, उपप्रमुखबाट अन्तिम विदाइ

स्व.रिजालको अन्त्येष्टि: पार्थिव शरीरमा महानगरको झण्डा ओढाएर प्रमुख, उपप्रमुखबाट अन्तिम विदाइ
अ अ+ अ-

काठमाडौँ । काठमाडौ महानगरपालीका वडा नं १६का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ ।

आर्य घाट लैजानुअघि महानगरपालिकाले उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिक सरीरलाई राष्ट्रिय सभा गृहमा राखेको थियो । त्यहाँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले स्व। रिजालको पार्थिव सरीरमा महानगरपालिकाको झण्डा ओढाउनुभएको थियो ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, कर्मचारी, विभिन्न पार्टीका नेता तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यसपछिको शव यात्रामा गरिएको थियो । अन्तिम संस्कार गर्नुअघि पशुपति क्षेत्रमा नेपाली कांग्रेस पार्टीले अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । त्यहाँ श्रद्धाञ्जलीका लागि पार्टी अध्यक्ष शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापासहित नेताहरु पुग्नुभएको थियो ।

रिजालको निधनले महानगरपालिकालाई अपुरणीय क्षति भएको छ । आज महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जारी गर्नुभएको शोक विज्ञप्तिमा भनिएको छ, ‘महानगरपालिकाले होनहार र स्पष्ट बोल्ने जनप्रतिनिधि गुमाएको छ ।’ यस्तै प्रशासन विभागका प्रमुख दिपक अधिकारीको हस्ताक्षरमा भदौ २२ गते शुक्रबार शोक विदा सम्बन्धी सूचना जारी भएको छ । यस दिन विभाग, आयोजना, कार्यक्रम, सचिवालय, एकाई र वडा कार्यालयहरुलाई विदा दिइएको हो ।

रिजालको मृत्युका विषयमा धापासीस्थित ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गर्दै, उहाँ भदौ १७ गते आइतबार दिउँसो १ बजे उपचारका लागि अस्पताल भर्ना हुनु भएको उल्लेख गरेको छ । दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक/एक्युट किड्नी इन्ज्युरी भएर उपचारका क्रममा आज विहान ७ बजेर ३० मिनेटमा उहाँको मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

रिजाल यस अघिको कार्यकालमा पनि यसै वडाको वडाध्यक्ष पदका लागि निर्वाचित हुनुभएको थियो । चुनावमा उहाँले नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा प्रतिस्पर्धा गर्नुभएको थियो । स्पष्ट वक्ताका रुपमा परिचित रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक हुनुहुन्थ्यो ।

पिता मेघनाथ र माता राधादेवीको सन्तानका रुपमा उहाँको जन्म २०२७ साल कार्तिक १९ गते धादिङ् जिल्लामा भएको थियो । उहाँ मातापितासँगै श्रीमति कविता, छोराहरु सन्देश र सार्थकका साथमा बस्दै आउनुभएको थियो ।