१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैगिकअसमानता कम गर्न सकिन्छ: कल्पना सरकार

लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैगिकअसमानता कम गर्न सकिन्छ: कल्पना सरकार
अ अ+ अ-

काठमाडौ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी पोर्टफोलियो म्यानेजर कल्पना सरकारले लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैगिकअसमानता कम गर्न सकिने बताउनुभएको छ ।

पर्यटन बोर्डले विहिवार काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले विशेष गरी पर्यटन क्षेत्रका कामदारमा देखिएको लैंगिक असमानता काम गर्न लक्षित वर्ग केन्द्रित सीप विकास आवश्यक रहेको बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रमा कयौ अवसरहरु रहेको र ती अवसरमा सबै वर्ग र समुदायको समान पहुँच पुर्‍याउनका लागि कार्यक्रमहरु लक्षित वर्ग केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो ‘पर्यटन क्षेत्रमा थुप्रै अवसरहरु छन् । त्यसमा काम गरिरहेको जनशक्तिलाई हामीले सीप दिएर उनीहरुको क्षमतालाई कसरी बढाउन सकिन्छ । जसले गर्दा पर्यटन क्षेत्रमा त्यसले योगदान पुर्‍याउन सकोस् भन्ने उद्देश्यले नेपाल टुरिजम बोर्ड र युएनडिपी मिलेर यो कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । हामीले झन्डै २५ सय भन्दा बढीलाई सीपविकास तालिम दिइसकेका छौ । त्यसमध्ये ४५ प्रतिशत महिला छन् । हामीले गर्वका साथ भन्नुपर्छ कि पर्यटन क्षेत्रमा हामीले कसरी योगदान पुर्‍याउन सक्छौँ त महिलाको सहभागीतालाई ? मोटामोटी हेर्दा अहिले पर्यटन क्षेत्रमा १५ देखि २० प्रतिशत महिला सहभागीता देखिन्छ । त्यसलाई कसरी बढाउन सकिन्छ ? किनभने हामीले समग्रमा लैगिक समानता सामाजिक समावेशीताको कुरा गर्छौ ? त्यसमा हामीले थोरै भए पनि लक्षित समूह किटान गरी काम गर्न सकेमा काममा देखिएको लैंगिक असमानता कम गर्नसक्छौं । ’

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख निर्देशक धनञ्जय रेग्मीले सकारात्मक कोणबाट समाचार संप्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले एउटै फोटोले नेपालको पर्यटनबारे धेरै सन्देश दिनसक्ने भन्दै उहाँले सकारात्मक सन्देश जाने समाचार सामग्री उत्पादन र प्रकाशनमा जोड दिनुपर्ने बताउनु भयो ।

पर्यटन बोर्डले युएनडिपीको सहयोगमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रम अन्तर्गत विभिन्न वर्ग र समुदायको साथै फोटो पत्रकारहरुका लागि तालिम सञ्चालन गरेको थियो ।