• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण

लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैगिकअसमानता कम गर्न सकिन्छ: कल्पना सरकार



काठमाडौ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी पोर्टफोलियो म्यानेजर कल्पना सरकारले लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैगिकअसमानता कम गर्न सकिने बताउनुभएको छ ।

पर्यटन बोर्डले विहिवार काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले विशेष गरी पर्यटन क्षेत्रका कामदारमा देखिएको लैंगिक असमानता काम गर्न लक्षित वर्ग केन्द्रित सीप विकास आवश्यक रहेको बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रमा कयौ अवसरहरु रहेको र ती अवसरमा सबै वर्ग र समुदायको समान पहुँच पुर्‍याउनका लागि कार्यक्रमहरु लक्षित वर्ग केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो ‘पर्यटन क्षेत्रमा थुप्रै अवसरहरु छन् । त्यसमा काम गरिरहेको जनशक्तिलाई हामीले सीप दिएर उनीहरुको क्षमतालाई कसरी बढाउन सकिन्छ । जसले गर्दा पर्यटन क्षेत्रमा त्यसले योगदान पुर्‍याउन सकोस् भन्ने उद्देश्यले नेपाल टुरिजम बोर्ड र युएनडिपी मिलेर यो कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । हामीले झन्डै २५ सय भन्दा बढीलाई सीपविकास तालिम दिइसकेका छौ । त्यसमध्ये ४५ प्रतिशत महिला छन् । हामीले गर्वका साथ भन्नुपर्छ कि पर्यटन क्षेत्रमा हामीले कसरी योगदान पुर्‍याउन सक्छौँ त महिलाको सहभागीतालाई ? मोटामोटी हेर्दा अहिले पर्यटन क्षेत्रमा १५ देखि २० प्रतिशत महिला सहभागीता देखिन्छ । त्यसलाई कसरी बढाउन सकिन्छ ? किनभने हामीले समग्रमा लैगिक समानता सामाजिक समावेशीताको कुरा गर्छौ ? त्यसमा हामीले थोरै भए पनि लक्षित समूह किटान गरी काम गर्न सकेमा काममा देखिएको लैंगिक असमानता कम गर्नसक्छौं । ’

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख निर्देशक धनञ्जय रेग्मीले सकारात्मक कोणबाट समाचार संप्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले एउटै फोटोले नेपालको पर्यटनबारे धेरै सन्देश दिनसक्ने भन्दै उहाँले सकारात्मक सन्देश जाने समाचार सामग्री उत्पादन र प्रकाशनमा जोड दिनुपर्ने बताउनु भयो ।

पर्यटन बोर्डले युएनडिपीको सहयोगमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रम अन्तर्गत विभिन्न वर्ग र समुदायको साथै फोटो पत्रकारहरुका लागि तालिम सञ्चालन गरेको थियो ।