४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको खेलमा छक्का प्रहार गरेका कुशल र सोमपाललाई पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतसँगको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ ।

इन्स्पायर नोबल फाउन्डेशनले एसिया कप–२०२३ अन्तर्गत भारतसँगको खेलमा छक्का प्रहार गर्ने प्रतिखेलाडीलाई एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो ।

जसअनुसार खेलकुद पत्रकार मञ्चको रोहबरमा आज बिहीवार आयोजित कार्यक्रममा भारतसँगको खेलमा छक्का प्रहार गरेका नेपालका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही एक–एक लाख रुपैयाँ प्रदान गरिएको हो ।

भारतसँगको खेलमा कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए । कुशल र सोमपाललाई फाउन्डेशनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरे । फाउन्डेशनले भारतसँगको खेलमा छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेशनलाई धन्यवाद दिए ।