१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो फिल्मबाट फेरि ठूलो पर्दामा फर्किँदैछन् अभिनेता पल शाह



अ+ अ-

काठमाडौँ । लामो समयको अन्तरालपछि अभिनेता पल शाहले फिल्ममा कमब्याक गर्ने भएका छन् । फिल्म ‘मायावी’मा उनी अनुबन्धित भएका हुन् । फिल्ममा दिवाकर भट्टराईको निर्देशन रहेको छ ।

डेढ वर्षपछि कमब्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमब्याक गर्ने भएका हुन् । निर्देशक दिवाकरले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाईं नायिकाका रुपमा पक्का भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।

यद्यपि, फिल्मका अन्य कलाकार र प्राविधिक सार्वजनिक गरिंदै जाने निर्देशक भट्टराई बताउँछन् । फिल्म असोज २ गतेबाट छायांकनमा जाने जनाइएको छ ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।