५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा को–को परे ?

एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा को–को परे ?
अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ । क्रिकेट अष्ट्रेलियाले एक महिनापछि सुरु हुने एकदिवसीय विश्वकपका लागि बुधबार १५ खेलाडी छनोट गरेको छ । टोलीको कप्तानमा प्याट कमिन्सनै रहेका छन् ।

फास्ट बलर सिन एबोटले पनि टिममा स्थान पाएका छन्, यो उनको पहिलो विश्वकप हुनेछ । भारतमा एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुँदैछ ।

पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियाले आफ्नो पहिलो खेल अक्टोबर ८ मा आयोजक भारतसँग चेन्नईको चेपौक मैदानमा खेल्नेछ ।

विश्वकपका लागि अष्ट्रेलियाको टिमः
प्याट कमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जोस इंग्लिस, सिन एबोट, एस्टन अगर, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्रेभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क ।

टेष्टका स्टार खेलाडी मार्नस लाबुसचेनले टोलीमा स्थान पाएका छैनन् । विश्वकप अक्टोबर ५ देखि भारतमा सुरु हुँदैछ । सबै टोलीहरूले आफ्नो टिममा १५ खेलाडीहरू राख्न पाउनेछन् । टोलीहरूले ३ स्ट्यान्ड–बाई खेलाडीहरू पनि राख्न सक्छन् । विश्वकपमा सहभागी सबै देशले सेप्टेम्बर २८ सम्ममा आफ्नो टोलीको अन्तिम सूची अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई बुझाउनुपर्नेछ ।

भारतले अक्टोबर–नोभेम्बरमा ४६ दिनको एकदिवसीय विश्वकप खेलिनेछ । जसमा ४८ खेल हुनेछन् । पहिलो खेल अक्टोबर ५ मा अहमदाबादमा अघिल्लो विश्वकपको विजेता र उपविजेता इंग्ल्याण्ड र न्युजिल्यान्डबीच हुनेछ । नोभेम्बर १२ सम्म लिग चरणका ४५ खेल हुनेछन् । दुई सेमिफाइनल १५ र १६ नोभेम्बरमा र फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।