• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा को–को परे ?



एजेन्सी । एकदिवसीय विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ । क्रिकेट अष्ट्रेलियाले एक महिनापछि सुरु हुने एकदिवसीय विश्वकपका लागि बुधबार १५ खेलाडी छनोट गरेको छ । टोलीको कप्तानमा प्याट कमिन्सनै रहेका छन् ।

फास्ट बलर सिन एबोटले पनि टिममा स्थान पाएका छन्, यो उनको पहिलो विश्वकप हुनेछ । भारतमा एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुँदैछ ।

पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियाले आफ्नो पहिलो खेल अक्टोबर ८ मा आयोजक भारतसँग चेन्नईको चेपौक मैदानमा खेल्नेछ ।

विश्वकपका लागि अष्ट्रेलियाको टिमः
प्याट कमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जोस इंग्लिस, सिन एबोट, एस्टन अगर, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्रेभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क ।

टेष्टका स्टार खेलाडी मार्नस लाबुसचेनले टोलीमा स्थान पाएका छैनन् । विश्वकप अक्टोबर ५ देखि भारतमा सुरु हुँदैछ । सबै टोलीहरूले आफ्नो टिममा १५ खेलाडीहरू राख्न पाउनेछन् । टोलीहरूले ३ स्ट्यान्ड–बाई खेलाडीहरू पनि राख्न सक्छन् । विश्वकपमा सहभागी सबै देशले सेप्टेम्बर २८ सम्ममा आफ्नो टोलीको अन्तिम सूची अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई बुझाउनुपर्नेछ ।

भारतले अक्टोबर–नोभेम्बरमा ४६ दिनको एकदिवसीय विश्वकप खेलिनेछ । जसमा ४८ खेल हुनेछन् । पहिलो खेल अक्टोबर ५ मा अहमदाबादमा अघिल्लो विश्वकपको विजेता र उपविजेता इंग्ल्याण्ड र न्युजिल्यान्डबीच हुनेछ । नोभेम्बर १२ सम्म लिग चरणका ४५ खेल हुनेछन् । दुई सेमिफाइनल १५ र १६ नोभेम्बरमा र फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।