२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमत पार्टीको माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ ।

पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बैठकमा विशेष समयमा बोल्दै नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनिया राजदूतलाई नभएको उनले बताउनुभयो । उहाँले चिनिया राजदूतसँग स्पष्टीकरण समेत लिनुपर्ने बताउनुभयो ।

“नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनुष्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ”, उपाध्यक्ष खानले भन्नुभयो, “यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदुतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।