७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमत पार्टीको माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ ।

पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बैठकमा विशेष समयमा बोल्दै नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनिया राजदूतलाई नभएको उनले बताउनुभयो । उहाँले चिनिया राजदूतसँग स्पष्टीकरण समेत लिनुपर्ने बताउनुभयो ।

“नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनुष्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ”, उपाध्यक्ष खानले भन्नुभयो, “यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदुतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।