• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

एसिया कपः पीसीबीले माग्यो एसीसीसँग क्षतिपूर्ति, पानी परेर घाटा परेको दाबी



एजेन्सी । एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको समूह लिग खेल वर्षाका कारण रद्द भयो । साथै, नेपाल र भारतबीचको खेलमा पनि भारतीय इनिङ्समा ओभर घटाइएको थियो ।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एसियाली क्रिकेट काउन्सिल (एसीसी)सँग क्षतिपूर्ति मागेको छ । वर्षाका कारण खेलको टिकट बिक्री कम भएको पीसीबीको तर्क छ ।

पीसीबीका अध्यक्ष जाका अशरफले नेपाल र भारतबीचको खेलमा कम टिकट बिक्री गरेकोमा एसीसीसँग क्षतिपूर्ति मागेका छन् । एसीसी अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह छन् ।

पीसीबीले गरेको मेलमा टिकट बिक्री कम भएकाले त्यसबाट भएको नोक्सानीको क्षतिपूर्ति दिन एसीसी अध्यक्षलाई भनिएको छ ।

एसिया कपको आयोजना पाकिस्तानले पाएको थियो । तर भारतले पाकिस्तानमा खेल खेल्न अस्वीकार गरेपछि एसिया कप हाइब्रिड मोडलमा आयोजना भएको छ । समूह चरणका तीन खेलसँगै पाकिस्तानमा एक सुपर म्याच खेलिएको छ । अर्कोतर्फ समूह लिगका चार खेल श्रीलंकामा खेलिएका छन् । सुपर फोर र फाइनल गरी ५ खेल खेल्न बाँकी छ ।

यसैबीच, पाकिस्तानमा बुधबार भएको बंगलादेश र पाकिस्तानबीचको सुपर म्याचमा पनि दर्शकको संख्या निकै कम थियो । अन्य खेलमा पनि दर्शक कम देखिएका छन् ।

अब सुपर फोर र फाइनल कोलम्बोमा हुनेछ । कोलम्बोमा केही दिनदेखि वर्षा भइरहेको र बाढीको अवस्था सिर्जना भएको छ । वर्षाका कारण सुपर फोरका धेरै खेलहरु नहुने आशंका छ ।