५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः पीसीबीले माग्यो एसीसीसँग क्षतिपूर्ति, पानी परेर घाटा परेको दाबी



अ+ अ-

एजेन्सी । एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको समूह लिग खेल वर्षाका कारण रद्द भयो । साथै, नेपाल र भारतबीचको खेलमा पनि भारतीय इनिङ्समा ओभर घटाइएको थियो ।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एसियाली क्रिकेट काउन्सिल (एसीसी)सँग क्षतिपूर्ति मागेको छ । वर्षाका कारण खेलको टिकट बिक्री कम भएको पीसीबीको तर्क छ ।

पीसीबीका अध्यक्ष जाका अशरफले नेपाल र भारतबीचको खेलमा कम टिकट बिक्री गरेकोमा एसीसीसँग क्षतिपूर्ति मागेका छन् । एसीसी अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह छन् ।

पीसीबीले गरेको मेलमा टिकट बिक्री कम भएकाले त्यसबाट भएको नोक्सानीको क्षतिपूर्ति दिन एसीसी अध्यक्षलाई भनिएको छ ।

एसिया कपको आयोजना पाकिस्तानले पाएको थियो । तर भारतले पाकिस्तानमा खेल खेल्न अस्वीकार गरेपछि एसिया कप हाइब्रिड मोडलमा आयोजना भएको छ । समूह चरणका तीन खेलसँगै पाकिस्तानमा एक सुपर म्याच खेलिएको छ । अर्कोतर्फ समूह लिगका चार खेल श्रीलंकामा खेलिएका छन् । सुपर फोर र फाइनल गरी ५ खेल खेल्न बाँकी छ ।

यसैबीच, पाकिस्तानमा बुधबार भएको बंगलादेश र पाकिस्तानबीचको सुपर म्याचमा पनि दर्शकको संख्या निकै कम थियो । अन्य खेलमा पनि दर्शक कम देखिएका छन् ।

अब सुपर फोर र फाइनल कोलम्बोमा हुनेछ । कोलम्बोमा केही दिनदेखि वर्षा भइरहेको र बाढीको अवस्था सिर्जना भएको छ । वर्षाका कारण सुपर फोरका धेरै खेलहरु नहुने आशंका छ ।




भर्खरै