४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न छैनन्: धवलशम्शेर राणा



अ+ अ-

काठमाडौँ । राप्रपाका नेता धवलशम्शेर  राणाले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राणाले यस्तो बताएका हुन् ।

रिपोर्टस क्लबको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा यादवमाथि आक्रमण भएको आफ्नै आँखाले देखेको भन्दै राणाले आक्रमणकारी राप्रपामा संलग्न नभएको प्रष्ट पारे ।

राप्रपा हिंसाको राजनीतिमा विश्वास नगर्ने बताउदै उनले भने, ‘राप्रपा हिंसाको राजनीतिप्रति कहिल्यै विश्वास गर्दैन । यो विषय प्रस्टै होस् कि त्यो आक्रमण गर्ने व्यक्ति हाम्रो पार्टीमा कुनै प्रकारले संलग्न थिएन । र उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ’।