१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनमा वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमा चिम्पाञ्जी छनोट



अ+ अ-

एजेन्सी । उत्तरी स्पेनको रिउडेलोट्स डी ला सेल्वा शहरमा बस्ने निको नामको चिम्पाञ्जी वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमामा छनोट भएको छ ।

मोना फाउण्डेशनमा बस्दै आएको चिम्पाञ्जी विश्व पशु संरक्षणद्वारा प्रदान गरिएको वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डका लागि छानिएका ५ फाइनलिस्टमध्येको एक हो ।

२००४ देखि सो ठाउँमा रहेको निको विश्व पुरस्कारको लागि रोमानियाको खैरो भालु, क्रोस्टारिकाको एन्टीटर, कम्बोडियाको एउटा हात्ती र क्रोस्टारिकको पुमा छनोट भएको छ । यो चिम्पान्जी २३ वर्षको पुग्न लागेको र स्वास्थ्यमा समस्या रहेको बताइएको छ । १० हजार अमेरिकी डलरको यो पुरस्कार जित्नको लागि ५ मध्येबाट चुनिने छ ।