२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन परराष्ट्रमन्त्रीले नक्साको जानकारी मौखिक गराएको कि लिखित?– माधव नेपाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भारतले मिचेका नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई व्यक्तिगत रूपमा तत्कालीन परराष्ट्रमन्त्रीले मौखिक जानकारी गराएको हो कि लिखित रूपमा पत्राचार गरिएको हो भनेर प्रश्न गर्नुभएको छ ।

वर्तमान परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि चीनलाई जानकारी गराएको रेकर्ड नभेटिएको भनिरहेका बेला तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्राचार गरिएको दाबी गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अन्तर्रराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उहाँले नक्साको विषय संवेदनशील रहेको भन्दै यसबारे सत्यतथ्य कुरा सार्वजनिक हुनुपर्ने बताउनुभयो ।

“चीनलाई जानकारी गराएको विषयमा वर्तमान परराष्ट्रमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको कुरा बाझिएको छ”, अध्यक्ष नेपालले भन्नुभयो, “तत्कालीन परराष्ट्रमन्त्रीले एक्लाएक्लै गरेको हो कि आधिकारिकरूपमा पत्राचार गरेको हो ?, त्यतिबेला परराष्ट्र मन्त्रालयको अधिकारी पनि त बसेको होला ? मौखिक रूपमामात्रै हो कि लिखित रूपमा जानकारी गराएको हो ?सबै राजदूतहरूलाई जानकारी गराएको हो कि एउटालाई मात्रै हो ?”

पूर्वप्रधानमन्त्री नेपालले २०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेपछि त्यसबारे अन्तर्राष्ट्रिय सम्बन्ध समुदायलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

यस्ता विषयमा कमजोरी गर्न नहुने पनि उनले सुझाव दिँदै उहाँले भन्नुभयो, “यो नक्साको मात्रै होइन अन्तर्राष्ट्रिय सम्बन्धको कुरा हो । यस्ता विषयमा कमी हुनुहुँदैन, संवेदनशील विषय हो ।” उहाँले कूटनीतिक विषयमा देखिएका कमजोरी दोहोर्‍याउन नहुने बताउनुभयो ।