२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा फाइनल भएको छैन: परराष्ट्रमन्त्री साउद



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा पुगेको छैन ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बिहान बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणका लागि कुनै एजेन्डा फाइनल भइनसकेको बताउनुभयो ।

भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने उहाँको भनाइ थियो ।

“अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ । ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जान्सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने भनेका छौँ । अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ ।