११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाथवे इन्भेष्टमेन्टको ५० रुपैयाँदरको आईपीओ खुला, न्युनतम २० कित्ता आवेदन दिनुपर्ने



अ+ अ-

काठमाडौ । हाथवे इन्भेष्टमेन्ट नेपालले ५० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतको दरले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आवेदन खुला गराएको हो ।

बैदेशिक रोजगारमा गएका, कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २४ लाख २७ हजार ७ सय ५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । जसमा कम्पनीले सर्वसाधारणलाई न्यूनतम २० कित्ता देखि अधिकतम १ लाखसम्मको आवेदन दिन पाउने अनुमति दिएको छ ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा २५ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने म्याद ४ असोजसम्म थप हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

हाथवेले नेपालको पुँजी बजारको अतिरिक्त जलविद्युत्, रियल इस्टेट, आर्थिक, पर्यटन र स्व: पुँजीको क्षेत्रमा आफ्नो लगानीलाई विस्तार र विविधीकरण गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ । यस कम्पनीले २०७८ साउन १ गतेदेखि सहायक कम्पनी हाथवे स्टक डिलर लिमिटेडबाट आफ्नो कारोबार गर्दै आएको छ ।

आईपीओपछि कम्पनीमा संस्थापक हिस्सा ८७.५० प्रतिशत र सर्वसाधारण हिस्सा १२.५० प्रतिशत हुनेछ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा हाथवे इन्भेष्टमेन्टले १३ करोड ५१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाउने जनाएको छ ।