२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडिसामा ‘बिसे नगर्ची’ मञ्चन गर्न दर्शना स्कुलका विद्यार्थी भारत प्रस्थान



अ+ अ-

काठमाण्डौ । भारतको उडिसा, पुरीमा आयोजना हुन लागेको ‘३१ औं अन्तर्राष्ट्रिय नाटक, नृत्य र संगित प्रतियोगिता’ मा भाग लिन कागेश्वरी मनोहरा—९ स्थित ओमगुञ्ज टोल, गोठाटारको दर्शना स्कुलका १० जना विद्यार्थी भारत प्रस्थान गरेका छन् ।

अन्तर्राष्टिय रंगमञ्च पर्वको अवसर पारेर इण्डिया थियटर ओलम्पियाड मातहत रहेको उत्कल युवा सांस्कृतिक संघको आयोजनामा भोलि भदौ २२ देखि २४ गते (सेप्टेम्बर ८ देखि १०) सम्म अल इण्डिया नाटक, नृत्य र संगित प्रतियोगिता हुन लागेको हो ।

भारतका विभिन्न राज्यका विद्यार्थीहरुले भाग लिन लागेको सो प्रतियोगितामा नेपालबाट भने दर्शना स्कुलका विद्यार्थीले पहिलोपटक भाग लिन लागेको विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले बताए ।

भारतीय नाटक, नृत्य र संगित प्रतियोगिता नेपाली विद्यार्थीले नाटक मञ्चन गर्न लागेको संभवत: यो नै पहिलो अवसर हो ।

प्रतियोगितामा दर्शना स्कुलका विद्यार्थीले साहित्यकार भिमनिधि तिवारीद्वारा लिखित तथा सुरेन्द्र क्षेत्री निर्देशित नेपालको चर्चित नाटक ‘बिसे नगर्ची’ मञ्चन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका कार्यक्रम निर्देशक सुर्दशन सिंहको नेतृत्वमा भारततर्फ प्रस्थान गरेका १० जना नाट्यकर्मी विद्यार्थीहरुमा सम्पदा सिंह रिमाल, विश्वास ज्वाला उलक, रोशनी खड्का, आरुशि श्रेष्ठ, आभाष दाहाल, सुदिप माझि, सागर पौडेल, रिद्धि पौडेल, निकेश पौडेल, प्रकाश कार्की छन् ।

टोलीमा विद्यालयका प्राथमिक विद्यालय संयोजक प्रतिमा डल्लाकोटी, नाट्य गुरु सुरेन्द्र कटुवाल तथा अभिभावकद्वय प्रेम प्रसाद चौलागाई र लक्ष्मी चौलागाई पनि सहभागी छन् ।
अन्तर्राष्ट्रिय रंगमञ्च पर्वमा सहभागी भएर ती विद्यार्थीहरु अर्काे साता नेपाल फर्किने कार्यक्रम रहेको छ ।




भर्खरै