• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

एमालेभित्र बिस्फोट हुन्छ, देशव्यापी रुपमा पहिरो जान्छ: झलनाथ खनाल



काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताउनुभएको छ ।

बुधवार नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र बिद्रोह हुने बताउनुभएको हो ।

उहाँले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताउनु भयो । उहाँले एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गर्नुभयो । उहाँले जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताउनु भयो । उहाँले एमाले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौँ । यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जादैछ । र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्छ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ । देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ ।

अब जबजबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । र एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । बिस्फोट हुनसक्छ । विभिन्नखालका बिस्फोट र बिद्रोहहरु हुन सक्छन् । यसकारणले हामी सहि कार्यदिशा लिउँ । सहि विचार लिउँ । र सबभन्दा पहिले हामीले हाम्रो पार्टीलाई दह्रो बनाएर लैजाऔँ । यसलाई व्यापक बनाएर लैजाऔँ । र त्यही सहि विचारको आधारमा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पनि गर्नुपर्नेछ ।’

उहाँले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताउनु भयो । उहाँले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको बताउनु भयो । उहाँले एमाले भयानक अलमलमा रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले नेकपा(एमाले)को नेतृत्व हेर्नुस् त राप्रपासँग भएपनि अंगालो मार्ने । भन्न चाहीँ पुन:उत्थानवादी भन्ने । लोसपासँग पनि अंगालो मार्ने । भन्नेचाहीँ यो प्रो इण्डियन हो भन्ने । फेरि अंगालो हाल्ने । काँग्रेस र एमाले मिलेर पो हामीले स्थायित्व दिनसक्छौँ, ठूला–ठूला पार्टी मिलेर सरकार बनाऔँ भन्छन् । त्यो साँठगाँठ गर्न पनि तयार नै देखिन्छ । त्यसो हुनाले उनीहरुको सिद्धान्त के हो ? को सँग मिल्ने ? कोसँग नमिल्ने ? कोसँग मोर्चा हुन्छ ? कोसँग हुँदैन ? वर्ग दृष्टिकोण भनेको के हो ? को वर्ग मित्र हो ? को वर्ग शत्रु हो ? यो बारेमा एमाले भयानक अलमलमा देखिन्छ । यस्तो अलमल भएको पार्टीले क्रान्ति हाँक्दैन । त्यसकारणले हाम्रो पार्टीले यस्ता कुराहरुमा प्रष्ट भएर जानुपर्छ ।’

सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गर्नुभयो । उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उहाँले बताउनु भयो । उहाँले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एमसीसीपछि प्रत्येक महिना अमेरिकन डेलिगेशन यहाँ आइराखेको छ । हिजो अस्ति मात्रै पनि दुईवटा डेलिगेशन आयो यहाँ । अमेरिकाको लागि नेपाल के को आकर्षणको थलो भयो ? कल्पना गर्नुस् त । के देख्यो अमेरिकाले नेपालमा ? सिनेटरहरु पनि यहीँ आइरहेका छन् । सांसदका डेलिगेसनपनि यहीँ आइरहेका छन् । सुरक्षासँग सम्बन्धित मन्त्रीहरुपनि यहीँ आइरहेका छन् । यहाँ आएर पहिला कहाँ जान्छन् भन्दा तिब्बति शरणार्थी भेट्न जान्छन् । के कारण छ यहाँभित्र ? यि कारणका बारेमा तपाई, हामी सचेत हुनुपर्छ । सतर्क हुनुपर्छ । अहिले विश्वव्यापी रुपमा अमेरिकालाई चुनौति दिनसक्ने एउटै मात्र शक्ति चीन विकसित भइरहेको छ । चीन समाजवादी मुलुक हो । चिनले कतै उपनिवेशवाद लागू गर्दैन । चिनले अरु कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन । अन्यत्र कुनै सैन्य अड्डाहरु बनाएको छैन । हातहतियार बेचेर मुनाफा कमाउने काम गरेको छैन । बिआरआइ अगाडी सारेको छ । दक्षिणतिरका देशहरुलाई एकतावद्ध बनाउने कोशिस गरेको छ ।’

उहाँले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरु नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपालीहरु सचेत हुनुपर्ने बताउनु भयो । सम्मानित नेता खनालले आफूहरु आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनु भयो ।