१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य: मन्त्री रिजाल



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताउनुभएको छ ।

बुधवारदेखि ५ दिनका लागि ललितपुरमा शुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकको लागि महिला र पुरुष दुवै उद्यमीहरुको खाँचो रहेको बताउनु भयो । मन्त्री रिजालले उद्यमीहरुको योगदान बिना मुलुक समृद्ध हुन नसक्ने बताउनु भयो । उहाँल आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवद्र्धन गर्ने उदेश्यले रोजगारी र सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताउनु भयो ।

उहाँले कृषि तथा वनपैदावर स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सहयोग गरिरहेको उल्लेख गर्नुभयो । उहाँले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउनको लागि विभिन्न व्यापार मेलामा उद्यमीहरुलाई सहभागिता गराउने कार्य गर्दै आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी छ । नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवद्र्धन गर्ने हेतुले रोजगारी मुलक सशक्तीकरण तथा सीपमुलक तालिमहरु प्रदान गर्दै आएको छ । कृषि तथा वन पैदावर स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सहयोग गरिरहेको छ ।

लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउनको लागि विभिन्न व्यापार मेलामा उद्यमीहरुलाई सहभागिता गराउने कार्य गर्दै आएको छ । साना तथा मझौला उद्यमीहरुलाई प्रवद्र्धन गर्नको लागि नीतिगत सुधार,स्वदेशी वस्तुहरुको प्रवद्र्धन,बजारीकरणको विषयमा सरकारले कार्ययोजना बनाइरहेको जानकारी गराउन चाहन्छु । उद्यमीहरुलाई सहयोग गर्ने सरकारको पहिलो कतव्र्य हो । मुलुकको लागि महिला पुरुष दुवै उद्यमीहरुको खाँचो रहेको छ ।’

मन्त्री रिजालले साना तथा मझौला उद्यमीहरुलाई प्रवद्र्धन गर्नको लागि नीतिगत सुधार,स्वदेशी वस्तुहरुको प्रवद्र्धन,बजारीकरण र व्यवसायिक सहज वातावरण बनाउन सरकारले कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।