२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरबाट ६ सय भन्दा बढी आँखाको सफल सर्जरी



अ+ अ-

ललीतपुर । नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले आठ वर्षको अवधिमा ६ सय भन्दा बढीको सफल कस्मेटिक सर्जरी गरेको छ ।

सेन्टरको आठौं बार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सेन्टरबाट ६ सय भन्दा बढीले आँखाको सफल कस्मेटिक सर्जरी सेवा प्राप्त गरेका जनाईएको हो ।

नायिका गौरी मल्लको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा चिकित्सकलगायत दर्जनौंको उपस्थिति रहेको थियो ।

ललितपुरको पुल्चोकस्थित सेन्टरबाट आँखाको प्लास्टिक सर्जरीलगायत आँखासम्बन्धि सम्पुर्ण उपचार हुने अकुलोप्लाष्टि सर्जन डा। पुजा राजभण्डारी बताईन् । राजभण्डारीका अनुसार आँखाको प्लास्टिक सर्जरी जस्तै, उमेरका कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तल झरेको उपचार, आँखाको मुन्द्री बनाउने, मंगोलियन आइलिड सर्जरी, आँखाको बोसो हटाउने, चाउरीपना हटाउने ‘बोटक्स’, रोगका कारण आँखाबाट आँशु वा पिप बगिरहने, आँखा वरीपरि बोसो, मुसा, मासुको डल्लो र ट्यूमर हटाउने सेवाले निरन्तरता पाइरहेको छ ।

त्यसबाहेक आँखाको सम्पुर्ण चेकअप, दृष्टि दोष, मधुमेह, थाइराइड, बाथरोग र शरीरका अन्य भागमा लागेको रोगका कारण आँखामा हुने गरेका अन्य समस्याको समेत जाँच तथा उपचार हुने उनको भनाई छ ।

सेन्टरले वार्षिक उत्सवको अवसरमा पाँच दिनका लागि ‘आइ अन स्क्रिन’ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत सेवाग्राहिले नि:शुल्क परामर्श तथा कस्मेटिक सर्जरी तथा आँखा रोगको सम्पूर्ण परामर्श लिन सकिने सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी गराए ।